काठमाडौं– इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–ट्वान्टी क्रिकेटको बाँकी खेल आज (आइतबार) बाट सुरु हुँदैछ। कोरोना भाइरसका कारण स्थगित आईपीएलका बाँकी खेल युएईमा सुरु हुन लागेको हो।

भारतमा कोभिड १९ को बढ्दो संक्रमणका कारण मे २ मा दिल्ली क्यापिटल्स र पंजाब किंग्सबीचको खेल पछि स्थगित भएको आईपीएल आजबाट सुरु हुन लागेको हो। यसअघि आईपीएलको २९ वटा खेल सम्पन्न भइसकेको छ।

दुबईमा आज चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ। चेन्नई र मुम्बईबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ।यसअघिको भेटमा मुम्बईले चेन्नईलाई ४ विकेटले हराएको थियो।

चेन्नई ७ खेलमा १० अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ भने मुम्बई ७ खेलमा ८ अंक जोडेर चौंथो स्थानमा रहेको छ।

लिगको शीर्ष स्थानमा दिल्ली क्यापिटल्सले ८ खेलमा १२ अंक जोडेको छ।आईपीएलमा अब ३१ खेल बाँकी रहेको छ। फाइनल खेल अक्टोबर १५ मा हुनेछ।

प्रतिक्रिया दिनुहोस !