काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा दिउँसो १ बजे बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताउनु भयो। तामाङका अनुसार बैठकमा विधान अधिवेशनको तयारी लगायत विषयमा बैठकमा छलफल हुनेछ ।

भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले असोज ८ र ९ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको थियो । सोही बैठकको तयारी स्वरुप स्थायी कमिटी बैठक बस्न लागेको हो । एमाले विधान महाधिवेशनको तयारीमा जुटेको छ । एमालेको विधान महाधिवेशन असोज १५ देखि १७ सम्म गोदावरीमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस !