गण्डकी ।  गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले वर्तमान संविधानले सबै प्रकारका विभेदको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताका सुत्रमा आबद्ध गरेको बताउनुभएको छ।

सातौँ संविधान दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले संविधानले सबै उत्पीडनको अन्त्य गरेको छ भन्नुभयो । सन्देशमा नेपालको राष्ट्रिय सार्वभौमसत्ता नेपाली जनतामा नीहित रहेको जनाउँदै यतिबेला मुलुक नयाँ संविधानले मार्गनिर्देश गरेका अभिभारालाई आत्मसात् गर्दै समृद्ध राष्ट्र निर्माण गर्ने दिशामा अगाडि बढेको उल्लेख छ ।

सन्देशमा भनिएको छ, “सङ्घ, प्रदेश र स्थानीय तहका व्यवस्थापिका तथा सरकार आआफ्नो संवैधानिक कार्यभार पूरा गर्न क्रियाशील रहेका छन् । संविधान आफँैमा कानूनी सिद्धान्त तथा राजनीतिक सहमतिको दस्तावेज हो ।”

प्रतिक्रिया दिनुहोस !