काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी गाउँपालिका काठमाडौं सम्पर्क मञ्च गठन गरेको छ । राजु पाण्डेको अध्यक्षतामा ५१ सदस्यीय सम्पर्क मञ्च गठन गरेको हो। जसको उपाध्यक्ष विक्रम कार्की, सचीव सुजन खतिवडा, कोषाध्यक्ष ध्रुव खड्का चयन भएका छ्न ।

आज नेकपा एमाले गोरखा – काठमाडौं सम्पर्क मञ्चको आयोजनामा बृहत कार्यक्रता भेला गरि पालिका स्तरको सम्पर्क मञ्च गठन गरेको हो ।

कार्यक्रममा प्रमुख अथिती नेकपा एमाले स्थायीकमिटी सदस्य सुरेन्द्र पाण्डे, नेकपा एमाले गोरखा जिल्ला इन्चार्ज रामशरण बस्नेत लगायत नेताको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता गोरखा – काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष भिम काप्रीले गर्नु भएको थियो भन्ने स्वागत मन्तव्य सम्पर्क मंञ्चका उपाध्यक्ष दिनेश पोख्रेलले राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !