चितवन । चितवनमा समाजवादी प्रेस संगठन  गठन  भएको छ । पत्रकार टिकादत्त तिमिल्सिनाको अध्यक्षतामा ११ सदस्यीय समाजवादी प्रेस संगठन नेपाल चितवनको कार्यसमिति आज गठन गरिएको हो ।
उपाध्यक्षमा ज्ञानेन्द्र तामाङ, सचिवमा रामु आचार्य, सहसचिवमा सरस्वती लामा, कोषाध्यक्षमा बबिलाल तामाङ चयन भएका छन् । सदस्यहरुमा कविता गायक, उषा श्रेष्ठ, शंकर श्रेष्ठ, मिलन चेपाङ, शिवजी गायक र डिलकुमारी नेपाल चयन भएका हुन् । त्यस्तै प्रमुख सल्लाहकारमा हरिप्रसाद अधिकारी चयन भएका छन् ।
समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य रामकुमार एलन, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कृष्णप्रसाद खनाल, जिल्ला अध्यक्ष डा कृष्ण पन्तलगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !