चितवन । बकुलहर रत्ननगर अस्पतालमा मृगौलाको सफल शल्यक्रिया गरिएको छ । राप्ती नगरपालीका गड्यौलीकी ५५ वर्षिय सिता राईको खराब भएर काम नगर्ने अवस्थामा रहेको एउटा मृगौलालाई बिहीबार शल्यक्रिया गरेर निकालिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर विश्वबन्धु बगालेले जानकारी दिनुभयो ।

अस्पतालमा पहिलो पटक डाक्टर सरोज गिरीको नेतृत्वमा,डाक्टर दिपेन्द्र कुमार मल्लीक,डाक्टर अस्मिता पौडेल,चिनमाया श्रेष्ठ,समिता थनेत लगायतको टोलीले राईको सफल सल्यक्रिया गरेको हो । पछिल्लो समय आफ्नो सेवा विस्तारमा फड्को मार्दै आइरहेको अस्पतालले सेवा विस्तारलाई निरन्तरता दिदै जटिल मानिने मृगौलाको शल्यक्रिया गर्न पनि सुरुवात गरेको डाक्टर गिरीले जानकारी दिनुभयो । लामो समयदेखी मृगौलाका बिरामीको डायलासिस गर्दै आइरहेकोे अस्पतालले डायलासिसको लागी चाहिने एबी फिस्टुला बनाउने सेवा पनि सुरु गरेको डाक्टर गिरीले बताउनु भयो ।

पुर्वि चितवनका ४ नगरपालिकालाई लक्षीत गर्दै सेवा दिइरहेको बकुलहर रत्ननगर अस्पतालले एक बर्ष अघि शल्यक्रिया सेवा सुरु गरेको थियो । अस्पतालले हाल विरामीलाई पित्तथैलीको सल्यक्रिया, एपेन्डीसको सल्यक्रिया,पत्थरीको सल्यक्रिया, हर्नियाको सल्यक्रिया,आन्द्राको शल्यक्रिया लगायतको सेवा दिदै आइरहेको र पित्त थैलीको क्यान्सरको सल्यक्रिया,नशाको सल्यक्रिया लगायतको सेवा पनि थप्ने तयारी गरिरहको छ । छिट्टै आईसीयू, पीआईसीयू र एनआईसीयू सञ्चालनमा गर्ने तयारी गरिरहेको अस्पतालले दैनिक छ सय भन्दा बढी विरामीलाई सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !