काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५८ जना कोरोना संक्रमित थपिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ८ हजार ६ सय ५४ नमुनाको पीसीआर परिक्षण गर्दा १ हजार ८६ र ३ हजार ७ सय २० जनाको एन्टीजिन परिक्षण गर्दा ४ सय ७२ जना गरी थप १५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

संक्रमण देखिएको हो । यससँगै कुल सक्रिय संक्रमितको संख्या २५ हजार ४ सय ९७ पुगेको छ । काेराेना संक्रमणबाट पछिल्लाे २४ घण्टामा थप १० जनाकाे मृत्यु भैकाे छ । साेही अवधिमा १ हजार ३ सय ५१ जना संक्रमणमुक्त भएकाे मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस !