ललितपुर । दुबै मृगौला खराव भई उपचाररत कास्की अन्नपुर्ण गाँउपालिकाका ३४ बर्षिय सुर्य बहादुर गुरुङलाई अमेरीका निबासी बरिष्ठ समाजसेवी तथा सफल युवा ब्याबसायि टेक गुरुङ तथा अर्का समाजसेवी  सुशिल कुमार क्षेत्रीले सहयोग प्रदान गरेका छन ।अमेरिका निवासी अन्य सहयोगी मनहरुको समेत सहयोगमा निदान अस्पतालमा उपचाररत गुरुङलाई २ लाख रुपैया सहयोग प्रदान गरिएको हो । मृगौला पिडित असहाय संरक्षण केन्द्रका अध्यक्ष सुनिल कुमार क्षेत्रीले उक्त रकम अस्पतालमै पुगेर हस्तान्तरण गर्नु भएको हो ।

ललितपुरको कुसुन्ती बस्दै आएका उन्लाई २८ बर्षका उमेरमा मृगौलामा खराबी आएको थियो । दुबै मृगौला फेल भएको थाहा भएपछि तत्कालिन समयमा आफ्नै बुबाको मृगौला प्रत्यारोपण गरिएकोमा ६ बर्षको अन्तरालमा पुन उनको मृगौला फेल भएको र हाल आफ्नै दिदीको मृगौला प्रत्यारोपण गर्ने तयारी गरिएको छ ।

मृगौला पिडित असहाय संरक्षण केन्द्रका सस्थापक अध्यक्ष सुनिल कुमार क्षेत्रीको पहलमा उनलाई सहयोग प्राप्त भएको हो ।
बिषेश गरि मृगौला पिडितहरुलाई आर्थिक सहयोग उपलब्ध गराउने  उदेश्यले उक्त संस्थाले मृगौला पिडितहरुका लागि बिभिन्न समयमा सहयोग उपलब्ध गराउदै आएको संस्थाका अध्यक्ष क्षेत्रीले बताए ।

सस्थाका अध्यक्ष सुनिल कुमार क्षेत्रीले बिभिन्न समयमा सहयोग गर्दै आउनु भएको छ । एसिड पिडित ,क्यान्सर पिडित,अशक्त तथा लकडाउनका बेला समस्यामा परेका बिपन्न बर्गका ब्याक्तिहरुलाई खुलेर सहयोग गर्ने गरेका क्षेत्री हाल मृगौला पिडित हरुका लागि पनि सहयोगी भुमिका निभाउने उदेश्य राखेर समन्वयत्मक कार्य गर्दै आउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !