काठमाडौँ । एमाले उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपालले लिएको बाटो सही नभएको बताएकी छन् । बिहीबार प्रज्ञा प्रतिष्ठानमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शाक्यले नेपाललाई एमालै फर्किन आह्वान गरिन् ।

‘कमरेड माधव नेपालले लिएको बाटो सही छैन । यतिबेला फुटको हैन जुटको राजनीति आवश्यक छ । सुदृढ एमाले आवश्यक छ । माधव नेपाल हाम्रो नेता हो । अग्रज हो ।

आज आफूले त्याग गरेको, समर्पण गरेको, ज्यान दिएको पार्टी त्यागेर जनमत र आन्दोलन सिर्जना गर्छु भन्ने भनाइ सही छैन । आफूले दु:ख गरेको पार्टीमा फर्किनुस् । समीक्षा गर्नुस् । सुदृढ एमाले बनाउन तपाईको भूमिका छ । त्यो पंक्तिलाई अलमलाएर राख्नु ठिक छैन,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस !