
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । साविकको ३ सदस्यमा ५ जना नयाँ अनुहार थपेर मुख्यमन्त्री आचार्यले ८ सदस्यीय मन्त्रिमण्डल बिस्तार गर्नुभएको हो ।
प्रदेश १ का नवनियुक्त पाँच मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले बुधबार पाँचजना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका थिए ।
उनै पाँच मन्त्रीले सपथ लिएका हुन् । आर्थिक मामिला तथा योजना मन्त्रीमा तुलसी न्यौपाने र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा हिरा थापाले सपथ लिएका छन् । यस्तै, उद्योग राज्यमन्त्रीमा उत्तम बस्नेत, भूमि व्यवस्था राज्यमन्त्रीमा ज्ञानेश्वर राजवंशी र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा लिला बल्लभ अधिकारीले पनि सपथ लिएका छन् ।