चितवन । पहिराका कारण मंगलबार रातिदेखि अवरुद्ध बनेको मुग्लिन–नौबिसे सडक दुईतर्फी सञ्चालनमा आएको छ। इच्छाकामना गाउँपालिकाको वडा नम्बर ५ स्थित नाग्दी खोलामा झरेको पहिरो हटाएपछि बिहान करिब ७ः४० बजेदेखि दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिए।
चितवन प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार अन्य स्थानमा सडक अवरुद्ध छैन। बाटो खुलेपछि जाममा फसेका सवारीसाधन पनि गन्तव्यतर्फ लागेका प्रहरीले जनाएको छ।
लेदोसहितको पहिरो झरेका कारण पानी परेमा पुनः पहिरो झर्ने सम्भावना रहेको हुँदा यात्रामा निस्कँदा बाटोको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस !