चितवन । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको सरुवा भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले लामिछानेको सरुवा गरेको हो ।गृह मन्त्रालय अन्र्तगत चितवनको प्रमुख जिल्ला अधिकारीको भूमिकामा सात महिना अघि मात्रै आएका उनलाई देउवा सरकारले सरुवा गरेको हो ।
चिवनमा रहँदा लामिछानेले कोरोना सँग जुध्दै नागरिकको स्वास्थ्य सुरक्षामा महत्वपूूर्ण योगदान गरेका थिए । उनले आफु नेपाल सरकारले खटाएको जुनसुकै स्थानमा पनि रमाउने बताए । म चितवनमा पनि रमाएको थिए अव जहाँ हुन्छ त्यहाँ पनि रमाउने नै छु उनले थपे ।
हालका सिडिओ लामिछानेको ठाउँमा चितवनमा सिडियोको भूमिकामा को आउँदैछ भन्ने हालसम्म टुुगाें लाग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस !