काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १ सय ४९ जना र ४ हजार ७ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ३७ जना गरी थप १ हजार ४ सय ८६ जनामा कोरोनाा संक्रमण पुष्टि भएको हाे ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा १६ जनाकाे मृत्यु भएकाे छ । साे अवधिमा १ हजार २ सय ६० जना संक्रमणमुक्त भएकाे मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ३० रहेको छ । जसमध्ये २४ हजार ९ सय ५८ जना होम आइसोलेसनमा र १ हजार ६ सय ७२ जना संस्थागत आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस !