काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सोमबार काठमाडौँमा एमसीसीविरुद्ध र्‍याली निकालेको छ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) नेपालको हितमा नरहेको भन्दै खारेजीको माग राखेर नेकपाले सोमबार काठमाडौँमा विरोध र्‍याली निकालेको हो ।

र्‍यालीमा विप्लव, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहितका नेताहरू सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस !