चितवन । पुर्ब-पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर खण्डमा जडान गरिएको सिसि क्यामेराको आज एक कार्यक्रमका बीच उदघाटन गरिएको छ ।
ईलाका प्रहरी कार्यालय, टाँडीमा आयोजित कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले सो सिसि क्यामेराको उदघाटन गर्नु भएको थियो । करिब २३ लाख रुपैयाको लागतमा राजमार्गको टिकौली देखि तरकारीचोक सम्मको ५ किमी सडकको विभिन्न २२ स्थानमा सो क्यामेरा जडान गरिएको छ ।
रत्ननगर नगरपालिका र विभिन्न व्यावसायिक सस्थाको सहयोगमा सो क्यामेराहरु जडान गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय, भरतपुर, चितवनका प्रहरी प्रमुख (एसपी) ओमप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगरका नगर प्रमुख नारायण वन, उप प्रमुख बिमलादेवी दवाडीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
प्रहरी निरीक्षक प्रकाश शाहले संचालक गर्नु भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय, टाँडीका प्रमुख (डिएसपी) इन्द्रबहादुर रानाले स्वागत व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले सो सिसि क्यामेरा जडानले यस क्षेत्रको शान्ती सुरक्षाका साथ साथै आपराधिक घटना न्यूनीकरण र अपराधीको पहिचान गर्न सहज हुने बताउनु भएको थियो । साथै सो क्यामेराले प्रहरीलाई समेत काम गर्न सजिलो र प्रभावकारी हुने समेत बताईएको थियो ।

प्रतिक्रिया दिनुहोस !