गैँडाकोट । लामो समयदेखि बन्द रहेका पूर्वि नवलपरासीका निजि तथा सामूदायिक विद्यालयहरु आईतबारदेखि सञ्चालनमा आएका छन् । केहि विद्यालयहरु आईतबारदेखि सञ्चालनमा आएका छन् भने केहि विद्यालयहरु केहिदिन भित्रमै सञ्चालनको तयारीमा रहेका छन् ।

जिल्लाको गैँडाकोट नगरपालिका भित्रका केहि विद्यालयहरु आईतबारदेखि सञ्चालनमा आएका छन् । गैँडाकोट नगरपालिकाको नगर शिक्षा समितिले आईतबारदेखि स्वास्थ्य मापदण्ड अपनाई विद्यालयहरु खोलेर भौतिक रुपमै पढाई सुरु गर्न सक्ने अनुमति दिएपछि विद्यालयहरु सञ्चालन भएका हुन् ।
नगरपालिकाको पहिलो बालमैत्री विद्यालयको रुपमा परिचय बनाएको गैँडाकोट ईङ्लिस स्कुुलमा आईतबारदेखि भौतिक रुपमै पढाई सुरु भएको छ । स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोलिएको प्रचार्य हिरालाल अर्यालले जानकारी दिनुभयो । लामो समयपछि विद्यालय खुलेपछि विद्यार्थीहरु दंग परेका छन् । कोभिड १९ का कारण यहाँका विद्यालयहरु लामो समयदेखि बन्द रहेका थिए ।

प्रतिक्रिया दिनुहोस !