काठमाडौं  ।  सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछि पहिलोपटक आज प्रतिनिधि सभाको बैठक बस्दैछ।

शुक्रबार प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो।

संघीय संसद सचिवालयका अनुसार आइतबार दिउँसो १ बजेका लागि संसद बैठक डाकिएको छ। पछिल्लो समय प्रमुख प्रतिपक्षी दल एमालेले संदन निरन्तर अवरोध गरिरहेको छ।

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर एमालेले विरोध गरेको छ। एमाले फुटाउन सभामुखले भूमिका खेलेको आरोप एमालेका सांसदहरूले लगाएका छन्।

एमाले फुटेर माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) गठन भइसकेको छ।

प्रतिक्रिया दिनुहोस !