काठमाडौं । नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले अहिलेसम्म पार्टीको प्रवक्ता प्रदीप ज्ञवाली नै रहेको बताउनुभएको छ।
शनिबारको स्थायी कमिटी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले अहिले आफू प्रचार विभाग प्रमुख र प्रदीप ज्ञवाली प्रवक्ता रहेको बताउनुभयो । अर्को बैठकले प्रवक्ता ज्ञवाली नै रहने वा आफू हुने भन्ने निर्णय गर्नेसमेत उहाँले बताउनुभयो । उहाँका अनुसार जेठ २ अघि प्रवक्ता पद नभएकाले यसबीचमा फागुन २३ पछि आफूहरु बैठकमा नआएका बेला प्रवत्ताको सिर्जना भएकाले ज्ञवाली नै सो पदमा रहेको प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस !