चितवन । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टीको आगामी महाधिवेशनमा आफूले सभापतिको उम्मेदवारी दिएरै छाड्ने बताएका छन् । भरतपुर विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै उनले भने, ‘म व्याक हुन्नँ, सभापतिको उम्मेदवार हुँ ।’

उनले क्रियाशील सदस्यता वितरण विवादका कारण महाधिवेशन केही समय पर धकेलिनसक्ने पनि बताए । ‘२२ जिल्लामा विवाद छ, विवाद मिलाउन समय लागे महाधिवेशन केही पर धकेलिन सक्छ’ उनले भने ।

उनले अहिले प्रमुख प्रतिपक्षी एमालेले गरेको विरोध तथा अवरोधको तरिका ठीक नभएको बताए । कांग्रेस र नेकपा एसले मन्त्री सिफारिस गर्न नसकेकाले मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस !