चितवन । नेकपा (एमाले) का युवा नेता तथा पुर्ब मन्त्री महेश बस्नेतले तत्काल मन्त्री मण्डल बिस्तार भए माओवादी फुट्ने र समाजबादी पार्टी समाप्त हुने बताएका छन । माओवादी भित्र मन्त्री बन्न सबै जसो साम्सदले इच्छा व्यक्त गरेको र मन्त्री बन्ने लोभले समाजबादीमा गएकाहरु सबै मन्त्री बन्ने पर्खाईमा रहेको उहाँले संकेत गर्नु भयो ।
माओवादी भित्र मन्त्री बन्न नपाएकाहरु बिद्रोहमा उत्रने उनले बताए । उता समाजबादीमा पनि मन्त्री खान गएकाहरु मन्त्री नपाएपछी एमाले मै फर्कने भन्दै बस्नेतले केहि समयमा समाजाबादी समाप्त भएर जाने समेत बताए । प्रेस चौतारी नेपाल चितवन शाखाले आज भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै युवा नेता बस्नेतले एमसीसीमा एमालेको स्पष्ट धारणा रहेको भन्दै सरकारले भने धारणा स्पष्ट पार्न नसकेको बताए ।
जनभावना अनुसार समय आएपछि एमालेले स्पष्ट रूपमा धारणा सार्बजनिक गर्ने समेत उनले बताए । सो पत्रकार भेटघाट कार्यक्रममा बस्नेतले सभामुखको निश्पक्षतामा प्रश्न उठेको भन्दै उनले सम्सदीय मुल्य र मान्यता बिपरित उनले पार्टी/ पार्टी बीच विभेद गरेको बताए । सम्सद अबरुद्ध हुनु एमालेको कारण नभई सभामुखकै कारण भएको बस्नेतको भनाई थियो ।
सो पत्रकार भेट्घाट कार्यक्रममा चितवनका साम्सद तथा कानुन न्याय तथा संसदीय समितिका सभापति कृष्णभक्त पोख्रेलले कानुनी मुल्य र मान्यता अनुसार सभामुख चल्न नसकेको बताए । प्रेस चौतारी नेपाल चितवनका अध्यक्ष सुवास पण्डितको अध्यक्षतामा सो कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस !