काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

८ हजार ५ सय ४९ वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा ९ सय ६१ जना तथा २ हजार ३ सय ६७ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ सय ८५ जना गरी जम्मा १ हजार १ सय ४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गएको २४ घण्टामा १ हजार ६ सय ६० जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

त्यस्तै कोरोना सङ्क्रमणबाट थप २१ जनाको मृत्यु भएको छ ।

यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ९ सय २४ जना पुगेको छ ।

देशभरका १५ वटा जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

आज दश वर्ष मुनिका ३३ जना बालबालिका र १० देखि २० वर्ष मुनीका ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सबैभन्दा बढी २० देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरू २ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ ।

आज २९ हजार १ सय ८९ जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ ।

यस्तै देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा २७ हजार ९ सय ५८ जना सक्रिय सङ्क्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ ।

जसमा ४ सय ५८ जनाले आइसियु र १ सय ४५ जनाले भेन्टिलेटरमा उपचार गराइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !