काठमाडौं । माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको अन्तिम तयारी गर्न नेपाली राष्ट्रिय फुटबल टिम कतार प्रस्थानका छन् ।

नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी गत सोमबार नै कतार गएका थिए। त्यस्तै आरु नेपाली टिम आज बिहान विहान कतारतर्फ गएका हुन् । कतारमा १७ दिन बसेपछि नेपाली टिम असोज ११ गते साफ च्याम्पियनसिप खेल्न उतैबाट माल्दिभ्स जाने छन् ।

तेह्रौं संस्करणको दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) आगामी असोज १५ देखि २७ गतेसम्म माल्दिभ्समा हुने तय भएको छ। यसअघि नेपालले गत साता भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलो खेल १/ १ गोलको बराबरीमा सकिदा दोस्रो खेलमा नेपाल २/१ ले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस !