काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने छ । बैठकमा विधान महाधिवेशन र चालु संसदमा पार्टीको भूमिकाबारे छलफल हुने एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । एमालेले विधान महाधिवेशन असोज ४ गतेदेखि काठमाडौंमा गर्ने निर्णय गरिसकेको छ । त्यसका लागि प्रतिनिधि, दस्तावेज र व्यवस्थापनको तयारी भइरहेको एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !