चितवन । एमसिसिको खारेजीको माग गर्दै राप्ती नगरपालिका २ साना किसान चोकमा बिरोध कार्यक्रम भएको छ । बिहिबार द राइफल युनिटि र राप्तिका युवाहरुको आयोजनामा भएको कार्यक्रममा प्रमुख बक्ता राप्ती २ का वडा अध्यक्ष श्याम सुन्दर उप्रेतीले एमसिसिको बिरोध गर्दै नेपालले भोग्नु पर्ने क्षतीको बारेमा बोल्नु भएको थियो ! उप्रेतीले नेपालको सबिधान भन्दा एमसिसि माथी हुने भन्दै देशलाई एमसिसि आबश्यक छैन भन्दै बिरोध गर्नु भएको थियो ! कार्यक्रममा विशेष बक्ता रहनु भएका राजनितिक बिस्लेशक प्रेम रिमालले जो कोहिले पनि एमसिसि पासको सम्झौता गर्छ, उनिहरुलाई बहिस्कार गर्नु ओअर्ने बताउनु भयो ! कार्यकममा हरि राई , मान बहादुर योन्जन लगायतकाले बोल्नु भएको थियो ! थि स्टार युवा कल्बका अध्यक्ष मनिक लामाले सन्चालन गर्नु भएको कार्यकम युनिटिका अध्यक्ष सन्जय ब्लोनको अध्यक्षतामा सम्पन्न भएको हो !

प्रतिक्रिया दिनुहोस !