
चितवन । कालिका नगर पालिका-६, रेडक्रसग्राम स्थाई घर भै हाल काठमाडौं, बालाजु बस्ने साधना बञ्जराको प्रथम जन्मोत्सवको अवसर पारेर देवघाटधामका बृद्धबृद्धालाई आज दर खुवाईएको छ । बुबा विकास बन्जरा र आमा सविना बन्जराले छोरी साधना बञ्जराको प्रथम जन्मोत्सवका अवसर पारेर देवघाटको देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा रहेका ४० जना बृद्धबृद्धालाई दर खुवाईएको हो । साधना बन्जराको गत २१ गते प्रथम जन्मोत्सव रहेको थियो । सो दर खुवाउने कार्यक्रमको आर्थिक सहयोग साधना बन्जराको बुबा आमाले गरेका थिए ।


आश्रमममा ४० जना वृद्धवृद्धा आश्रित छन् । सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले अरु निकाय र संघसंसस्थाले पार्टी प्यालेस र होटलमा दर खुवाउने कार्यक्रमको लामो श्रृखला चलारहेका बेला देवघाटका वृद्धवृद्धालाई छोराछोरी जस्तैं बनेर सम्झिएर दर खुवाउने कार्यक्रम गरेकोमा आभार व्यक्त गरे । उनले देवघाटको सरकारी आश्रमलाई बार्षिक नियमित पूँजीगत बजेटका लागि नीतिगत निर्णय गर्ने बताए ।



