चितवन । हरितालिका तीजको अवसर पारेर प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले देवघाटको देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई वुधवार दर खुवाएको छ । परिवारबाट अपहेलित भएर आश्रममा आएका वृद्धवृद्धालाई चाडपर्वको बेलामा एक्लोपन महसुस नहोस् भनेर दर खुवाउने कार्यक्रम गरिएको प्रेस चौतारी चितवनले जनाएको छ । 
आश्रमममा ४० जना वृद्धवृद्धा आश्रित छन् । सो कार्यक्रमका प्रमुख अतिथिका देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले अरु निकाय र संघसंसस्थाले पार्टी प्यालेस र होटलमा दर खुवाउने कार्यक्रमको लामो श्रृखला चलारहेका बेला देवघाटका वृद्धवृद्धालाई छोराछोरी जस्तैं बनेर सम्झिएर प्रेस चौतारी चितवनले दर खुवाउने कार्यक्रम आयोजना गरेकोमा आभार व्यक्त गरे ।   उनले देवघाटको सरकारी आश्रमलाई बार्षिक नियमित पूँजीगत बजेटका लागि नीतिगत निर्णय गर्ने बताए । कार्यक्रमका बिशिष्ट अतिथि देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रि अधिकारीले सामाजिक उत्तरदायित्व र सेवा भावले ओतप्रोत भएर प्रेस चौतारी चितवनले आश्रममा रहेका बुबा आमालाई चाडपर्वको बेलामा सम्झिएर दर खुवाउने कार्यक्रम गरेको खुसी व्यक्त गरे । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक तथा आश्रमका अध्यक्ष धिरनबाबु घिमिरेले आश्रममा आश्रित बुवाआमालाई विहान बेलुका खाना खुवाउन दाताकै भरपर्नुपर्ने दुःखद अवस्था भएको बताउँदै प्रेस चौतारी चितवनले गरेको रचात्मक र सिर्जनशील कामका लागि धन्यवाद दिए । प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटी सह-संयोजक शिशिर सिम्खडाले चाडपर्वका बेलामा आश्रमका बुवाआमालाई वितेको बेलाको याद बढि आउने भएकोले छोराछोरी बनेर सम्झना दिलाउन दर खुवाउने कार्यक्रम लिएर आश्रम आएको बताए । प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी बागमती प्रदेश कमिटी सदस्य प्रतिमा सिलवाल र शान्ता अधिकारीले दर खुवाउने दिनमा वुवा आमालाई सम्झेर पत्रकारहरुको संगठन प्रेस चौतारी आएको बताए ।  सो दर खुवाउने कार्यक्रममा कालिका नगरपालिका वडा नं. ६ स्थाई घर भई हाल बालाजु, काठमाण्डौं बस्ने विकास बन्जरा र सविना बन्जराले छोरी साधना बञ्जराको गत भदौ २१ गते परेको प्रथम जन्मोत्सवको अवसरमा आर्थिक सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !