काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिध सभाको बैठक अवरुद्ध गरेको छ।

एमालेले सभामुखले आसनमा बसेर एमाले फुटाएको आरोप लगाएको छ। पार्टीले निष्कासन गरेका सांसदहरुलाई बैठकमा प्रवेश दिएको भन्दै एमालेले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेका हुन्।

सभामुख अग्नि सापकोटाले अदालतमा मुद्दा विचाराधिन रहेको उल्लेख गरेपनि एमाले सांसदहरु नाराबाजीमा उत्रिएइका हुन्।

सांसदहरुले सभामुखले फरक फरक व्यवहार गरेको भन्दै नाराबाजी गरिरहेका छन्। माओवादी सांसदहरुलाई निष्कासन गर्न प्रचण्डले पठाएको पत्रलाई मान्यता दिएको र एमालेले निकालेका सांसदहरुलाई कारवाही गर्ने सूचना नटासेँकोमा विरोध गरेका हुन्।

सांसदहरुले सभामुखको आसनमा बसेर सभामुखले एमाले फुटाएको आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस !