चितवन । चितवनका सांसद विजय सुवेदी बागमती प्रदेशको सामाजिक विकास मन्त्रीमा नियुक्त हुनु भएका छ । चितवन क्षेत्र नम्बर नम्बर २ (ख) का प्रदेश सभा सांसद सुवेदी आज मन्त्रीमा नियुक्त हुनु भएको हो ।

सुवेदी भरतपुरका जनप्रीय नेता मानिन्छन् । उनले यसअघि भरतपुर अस्पतालको अध्यक्ष भएर महत्वपूर्ण काम गरिसकेका छन् । त्यति खेर उनले अस्पतालमा थुप्रै सुधारका कामहरु गरेका थिए । अहिले पनि स्वास्थ्य क्षेत्रको विकासमा उनको चर्चा चल्ने गरेको छ ।

उनले यसअघि चितवन उपत्यकाको गुरु योजना निर्माणको नेतृत्व पनि गरि सकेका छन् । यस्तै रामपुरमा धुर्मुस सुन्तली फाउण्डेशनले बनाउन लागेको क्रिकेट रंगशाला निर्माण सहयोग जुटाउन गरिएको धन धान्याञ्चल महायज्ञको संयोजक भएर करोडौं उठाउन सुवेदीले पहल गरे ।

सांसद भइसकेपछि सुवेदीले गणेशधाम निर्माणको संयोजक बनेर काम डिपिआर निर्माण गरी अहिले धाम निर्माणमा सहयोग गरिरहेका छन् । उनले भरतपुरमा सरसफाइ र हरियाली अभियान सञ्चालन गरेका छन् ।

सादा र सरल स्वभावका रहेको भन्दै सुवेदीको जनमानसबाट निकै प्रसंशा हुने गरेको छ । यस्तै उनले पुङ्गी खोला, केरुङ्गा खोलाको सरक्षणमा पनि काम गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस !