चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक डम्मरु मृत अवस्थामा भेटिएको छ । निकुञ्जको पूर्वी सेक्टर अन्तर्गत ढुङगरे खोलामा तीन महिनाको पाटे बाघको बच्चा मृत अवस्थामा भेटिएको हो ।

कार्यालयका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार डम्मरु माउसँग छुट्टिएर भोकै भएर मरेको प्रारम्भिक अनुमान गरिएको छ । मृत भेटिएको डम्मरुको पोष्टमार्टम गरी थप परीक्षणका लागि नमूना भेटेनरी शाखा पठाइएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा मृत भेटिएको यो पहिलो बाघ हो । निकुञ्जमा सन् २०१८ को गणना अनुसार ९३ वयस्क बाघ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !