काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठकमा तुलसा थापा र माया ज्ञवालीपनि सहभागि हुनुभएको छ । नेकपा एमालेको उपाध्यक्षबाट बामदेव गौतमले राजीनामा दिएर बस्नुभएको छ । पार्टी परित्याग गरेर हिँडेका बामदेव पत्नि थापा आजको बैठकमा सहभागी हुनुभएको राष्ट्रिय सभा सांसद कोमल वलीले बताउनुभएको छ । त्यस्तै माया ज्ञवालीपनि यसअघि माधव नेपालको पार्टीमा सहभागि हुँदै आउनुभएको थियो । उहाँपनि आजको बैठकमा सहभागि हुनुभएको ओलीले बताउनुभयो ।

संघीय संसदीय भवनमा नेकपा एमाले दलको बैठक जारी छ । आज अपरान्ह सुरु हुने संसद बैठकमा नेकपा एमाले कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल केन्द्रित छ ।

प्रतिक्रिया दिनुहोस !