काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको दशौँ अधिवेशन आजदेखि सुरु हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गर्नुभएको हो ।

सर्वोच्च अदालतवाट प्रतिनिधिसभा पुनर्स्थापना भएपछि साउन ३ गते प्रारम्भ भएको अधिवेशन साउन ३२ गते अन्त्य भएको थियो ।

सदनको यस अधिवेशमा अध्यादेश बजेटलाई विस्थापन गर्ने विधेयक, लामो समयदेखि विचाराधीन निजामती विधेयक, नागरिकता विधेयकका साथै विगतमा जारी गरिएका विभिन्न अध्यादेश छलफल गरी टुंगो लगाउनु पर्ने लगायतका कार्यसूची रहेका संसदसचिवालयले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस !