जाजरकोट ।  गएरातिदेखि आएको अविरल वर्षाका कारण नलगाड नगरपालिका–५ ढारसिर्केमा पहिराबाट एकै घरका दुई व्यक्ति घाइते भएका छन् भने बालकको मृत्यु भएको छ ।

बिहान ३ः०० बजे पहिरासहित आएको ढुङगाले ४६ वर्षीय गोरखबहादुर खड्का र उहाँकी ३५ वर्षीया श्रीमती शिला खड्का घाइते हुनुभएको छ । उहाँका १० वर्षीय छोरा प्रचण्ड खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेको उपचार दल्लीस्थित स्वास्थ्य संस्थामा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !