चितवन । साधना बन्जाराको प्रथम जन्मोत्सवको अबसरमा ४ जना विद्यार्थीहरुलाई छात्रवृत्ति बितरण गरिएको छ ।
कालिका नगरपालिका-६, रेडक्रसग्राम स्थाई घर भै हाल बालाजु, काठमाडौं निवासी बिकास बन्जारा तथा सबिना बन्जाराको छोरी साधना बन्जाराको आज प्रथम जन्मोत्सवको अबसरमा पृथ्वी माबी, भटेनीका ४ जना बिपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई जनही ४/४ हजार रुपैया छात्रवृत्ति बितरण गरिएको हो ।
सो रकम प्रेस चौतारी नेपाल, केन्द्रीय सदस्य तथा  बागमती प्रदेश सह- संयोजक, पत्रकार शिशिर सिंखडाले विद्यार्थीहरुलाई हस्तान्तरण गर्नु भएको थियो । सो बिधालयमा अध्ययनरत कक्षा १० कि करुणा कुमाल तथा अनिता सुवेदी, कक्षा ९ कि आशिका कुमाल र कक्षा ६ कि प्रतीक्षा कुमाललाई सो छात्रवृत्ति रकम प्रदान गरिएको हो ।
सो कार्यक्रममा बिधालय ब्यबस्थापन समितिका अध्यक्ष बोधनाथ थपलिया, निबर्तमान अध्यक्ष केशव लामा, बिधालयका प्राचार्य प्रकाशचन्द्र अर्याल, शिक्षक प्रतिनिधि बिष्णुलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रममा उपस्थित सबैले आज प्रथम जन्मोत्सव मनाउदै गरेकी साधना बन्जाराको शुभ जन्मोत्सवको शुभकामना व्यक्त गर्दै सु-स्वाथ्य, दीर्घायुको र समुन्नत भबिस्यको कामना व्यक्त गर्नु भएको थियो ।
साथै साधना बन्जाराको आज परेको शुभ जन्मोत्सवकै अबसरमा पबित्र तिर्थस्थल देवघाटधामका बृद्धबृद्धाहरुलाई दर पनि खुवाईने भएको छ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको पावन अवसरमा यही २३ गते तिजको दरखाने दिन सो दर खुवाउन लागिएको हो ।
छोरीको प्रथम जन्मोत्सवको अबसरमा विद्यार्थी हरुलाई छात्रवृत्ति प्रदान गर्न पाउँदा र परिवार बिहिन बृद्ध बा आमाहरुलाई दर खुवाउन पाँउदा अत्यन्तै खुशी लागेको साधनाका बुवा बिकास बन्जाराले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !