चितवन । रत्ननगरका १ जना जनप्रतिनिधि एमाले मै रहने भन्दै आज जिल्ला निर्बाचन कार्यालय, चितवनमा सनाखद फिर्ता लिन पुगेका छन । गत १७ गते नेकपा (एकीकृत समाजबादी)मा रहने भन्दै उनले सनाखत गरेको बताईएको थियो ।
रत्ननगर-१५ का वडा सदस्य राम बहादुर लामाले आँफु नेकपा (एमाले) मै रहने बताएका छन । उनिहरुले जिल्ला निर्बाचन कार्यालय पुगि आँफु नेकपा (एमाले) मै रहने भन्दै गत १७ दिएको निवेदन फिर्ता गराउन आज निवेदन दर्ता गराएका छन । जनताले नेकपा (एमाले) को चुनाव चिन्ह सुर्यमा मतदान गरि बिजयी गराएकोले मतदाताको जनभावना अनुसार नै आफुहरुले दल परिबर्तन नगरेको समेत बताएका छन । साथै उनले  नेकपा (एमाले) बाट निर्बाचित सबै जनप्रतिनिधिहरु पार्टी टुटफुट तिर नलागी एमालेमै लाग्न समेत  अनुरोध गरेका छन ।

यसअघि पनि रत्ननगरको तिन जनप्रतिनिधिले आँफुहरु एमाले मै रहने भन्दै सनाखत फिर्ता गराउन  निवेदन दर्ता गराइ सकेका छन ।

प्रतिक्रिया दिनुहोस !