
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी पनि एमसीसी पारित गर्ने नीति अघि सोपछि सत्तारूढ गठबन्धनका दलहरूबीच विवाद सुरु भएको छ ।
प्रधानमन्त्री एमसीसी पास गर्ने रणनीतिमा पुगेपछि नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी अहिलेकै अवस्थामा एमससीसी अनुमोदन गर्न नहुने अडानमा रहेका छन् ।
त्यस्तै, राष्ट्रिय जनमोर्चाले एमसीसी पारित गर्न नहुने भन्दै देशव्यापी विरोध प्रदर्शनको कार्यक्रम घोषणासमेत गरेको छ ।
त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एमसीसी पास गर्न नहुने अडान राखेको छ ।
अहिले एमसीसी पारित गर्ने विषय तातो बहस बनेको छ । देशभर केही दिनदेखि नै विरोध पनि भइरहेको छ ।