काठमाण्डौ । साताको पहिलो दिन आइतबार सेयर बजारमा भीषण पहिरो गएको छ।

कारोबार खुलेको सवा १ घन्टा बजारमा ११० अंकको गिरावट आएको छ। योसँगै बजार २८१६.६५ को विन्दुमा झरेको छ।राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १८.७६ झरेर ५२३.०२ को विन्दुमा सीमित बनेको छ। यो बेलासम्म बजारमा साढे ४ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।

यो समाचार तयार पार्दासम्म नेप्से उपसमूहमा रहेका सबै समूहमा रातो पोतिएको छ। वित्त समूह सर्वाधिक ८.८ प्रतिशतले ओरो लागेको छ। विकास बैंक समूह ७.२६ प्रतिशतले घट्दा व्यापार समूहमा ६.८६ र जलविद्युत समूहमा ६.३४ गिरावट आएको छ।

अहिलेसम्म अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक २७ करोड ४५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

सानिमा लाइफ इन्स्योरेन्सको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा बढेर पोजिटिभ सर्किट लागेको छ।

अहिलेसम्म २१ वटा कम्पनीको सेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ।

प्रतिक्रिया दिनुहोस !