काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ति वदरको माग गर्दै दायर गरिएको रिटको सुनुवाइ प्रधानन्यायाधीशको इजलासमा हुने भएको छ ।

सर्वोच्चले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा उक्त रिट निवेदनको पेसी तोकेको हो ।

सरकारले उनलाई नियुक्त गरेपछि प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमानको नियुक्तिविरुद्ध रिट निवेदन दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !