चितवन । मोटरसाइकलको ठक्करबाट माडी १ बरुवा बजारमा दुई बर्षे एक बालकको मृत्यु भएको छ ।

माडी बाट भरतपुर तर्फ जाँदै गरेको बागमती प्रदेश ०३ – ००४ – प ५२८७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा माडी बरुवाको सुकुम्बासी टोलनिवासी विकास तामाङका २ बर्षका छोरा बिक्रम तामाङको मृत्यु भएको हो । आफ्नै घरअगाडि खेलीरहेको अवस्थामा मोटरसाइकलले बच्चालाई शुक्रबार दिउँसो ठक्कर दिएको थियो ।

ठक्करबाट बालकको टाउकोमा चोट लागेको थियो । घाइतेलाई बरुवाको मेडिकलमा प्राथमिक उपचार पश्चात भरतपुरस्थित सि.एम.सी.मा भर्ना गरिएकोमा उपचारका क्रममा गएसाँझ ६ बजे मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल बरुवास्थित प्रहरी चौकीको नियन्त्रणमा रहेको छ भने मोटरसाइकल चालक माडी ७ निवासी सरोज सुनारलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस !