चितवन । प्रेस चौतारी नेपाल चितवनको जोखिम पत्रकारिता पुरस्कारबाट युवा पत्रकारद्वय कुल प्रसाद काफ्ले र हिरालाल आचार्य पुरस्कृत  भएका छन ।

आज भरतपुरमा आयोजित कार्यक्रममा काफ्ले र आचार्यलाई जनहि नगद रु १० हजार र खादा, प्रमाणपत्र सहित सम्मान गरिएको हो ।

काफ्ले चितवन पोस्ट र थाहा खबर  कार्यरत छन । त्यस्तै आचार्य नारायणी अनलाइनमा कार्यरत छन । साथै कार्यक्रममा कोरोनाको समयमा प्रेस चौतारीलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउने संघसंस्थालाई पनि सम्मान गरिएको थियो ।

 

 

कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले चितवन जिल्ला अध्यक्ष तथा राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति पार्वती रावल, विशेष अतिथि एमाले बाग्मती प्रदेश कमिटी सदस्य जगन्नाथ थपलिया, प्रेस चौतारी नेपाल बागमती प्रदेश सह संयोजक शिशिर सिंखडा, पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल प्रेस संगठन चितवनका अध्यक्ष प्रकाश ज्ञावालीले मन्तव्य राख्नु भएको थियो ।

प्रेस चौतारी नेपाल चितवनका अध्यक्ष सुवास पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य चौतारीका सचिवालय सदस्य मुकुन्द भुषालले राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !