चितवन । हँसिलो अनुहार । सबैसंग मिल्न सक्ने खुवी । पढाईमा जेहेन्दार । बुबाले ईन्जिनियर बनाउने सपना देख्दै गर्दा एउटा ईन्जिनियरले घरको नक्सा बनाउँछ । तर असल तरीकाले राजनीति गर्न सकियो भने पुरै देशको नक्सा बनाउ सकिन्छ भनेर देशको नक्सा बनाउन लागेका एक युवा हुन विनोद ढकाल ।
नेपाली काँग्रेसमा अहिले राजनीतिक सरगर्मि बढेको छ । काँग्रेसको १४ र्औ महाधिवेसनले वडा तहदेखी केन्द्रतहसम्मका नेताहरुलाई छोएको छ । त्यसैमध्यका एक आकाक्षी हुनुहुन्छ विनोद ढकाल । भरतपुर महानगरपालिका वडा नम्वर ७ को सभापति पदका आकाक्षी विनोद ढकाल मिसन र भिजन भएका युवा नेता हुनुहुन्छ ।
नेपाली काँग्रेसलाई बलियो बनाउन वडा तहबाट लाग्नु पर्ने अवस्था आएको भन्दै वडा तहमा रहेर काम गर्ने चाहनाका साथ वडा सभापतिमा दावी गरेको उहाँ बताउनु हुन्छ । वडामा राम्रो छवि बनाउनु भएका ढकाल आशन्न चुनावमा जित्ने विश्वासका व्यक्क्त गर्नुहुन्छ । उहाँ आफ्नो कार्यकालमा गुटगत राजनीतिको अन्त्य, संगठन शुद्धिकरण, हरेक नेपाली काँग्रेसको दुख सुखमा साथ र सहयोग गर्ने, अग्रजलाई सम्मान र युवा एवं विद्यार्थीलाई तालिम सकारात्मक सोचको बिकास, पार्टी कार्यालय निर्माण, हरेक संघ संस्थामा नेपाली काँग्रेसको सक्रिय सहभागिता गराउने, साधारण सदस्यता वितरणमा निरन्तरता, निरन्तर रुपमा हरेक टोल टोलमा मिटिङ्ग र भेटघाट लगाएत कार्यक्रम गर्ने आफ्नो ईच्छा र योजना रहेको बताउनु हुन्छ ।
गोर्खाको सिराञ्चोक गाँउपालिका वडा नम्बर ७ गोरेमा २०३७ साल असार १० गते जन्मनु भएका ढकाल बाल्यकालबाट तिक्षण स्वभावको हुनुहुन्थ्यो । बुबा महेन्द्रनाथ ढकाल र स्वर्गीय आमा कोपिला ढकालको कोखबाट जन्मनुभएका ढकालको एक भाई एक दिदी हुनुहन्छ ।
सामान्य तरीकाले गाँउमा नै उहाँको बाल्यकाल बित्यो । श्री जनकल्याण उच्च मावि गोरेबाट स्कुल शिक्षा आरम्भ गर्नुभएका ढकालले सोही द्यिालयबाट नेविसंघको राजनिति सुरु गुर्नभयो । २०५२÷५३ सालमा गोर्खामा जनयुद्धको राप बलिरहेको समयमा विद्यालयमा नेपाल विद्यार्थी संघ ईकाइ गठन गरेर सोही ईकाईको सभापति हुनुभयो । आफ्नो कार्यकालमा उहाँले ईकाइ गठन गर्ने, सदस्यता विस्तार, क्षेत्रीय रुपमा प्रशिक्षण कार्यक्रम र सृजनात्मक कार्यक्रम गर्न सफल हुनुभयो । काँग्रेस भएकै कारण जेल नेल संगै द्धन्द्धबाट उहाँको परिवार पिडीत हुनुपर्यो ।
उहाँले स्कुल तह गोर्खासकेसंगै भरतपुरको अर्किड कलेजबाट आई ए सी गर्नुभयो भने सरस्वती क्यापस काठमाण्डौबाट विविएस गर्नुभयो । स्कुल तहबाट नै विद्याथी राजनीतिमा लाग्नु भएका ढकालले आफ्नो पढाईसंग संगै राजनीतिलाई पनि संगै लैजानु भयो । सरस्वती क्याम्पसको ईकाइ सदस्य हुदै स्ववीयु सदस्यमा उहाँको उम्मेदवारी रहयो । कलेजतहबाट जिल्लातहसम्म रहेर विद्यार्थी राजनीति गरेको अनुभव उहाँसंग छ । उहाँ नेविसंघ गोर्खाको सहसचिव र सचिव भएर काम गरिसक्नु भएको छ ।
स्कुलतह र क्याम्पस तह सकिए संगै उहाँ तरुण दलमा रहेर काम गर्नुभयो भने भरतपुर उपमहानगरपालिकामा नगर सदस्य, तरुण दल चितवनको सदस्य हुनु भयो । विगत पञ्चीस वर्षदेखी कुनै न कुनै रुपमा पाटी निकट रहेर काम गरेको अनुभव उहाँसंग रहेको छ ।
पढाई र राजनितिमा आफ्नो भविष्य राम्रो बनाउदै जानु भएका ढकाल अध्ययनको शिलशिलामा जापान जानु भयो । जापानमा रहेर अर्गानिक फामिङ्ग एण्ड रुलर लिडर सिप टे«डिङ्गको एक वर्षको अध्ययन सकेर नेपालमा नै फर्कीएर मेडिकल टुरिजम र व्यवसायमा आफ्नो छुट्टै परिचय बनाउन सफल हुनु भएको छ । चितवनको मुटु भरतपुरमा विगत १२ वर्षदेखी होम स्टे सञ्चालन गर्नुभएको छ ।
धेरेलाई अनौठो लाग्ला होटलको शहरको रुपमा चिनीने भरतपुरमा होम स्टे भन्दा तर ढकालले विदेशबाट नेपालको मेडिकल अधययन गर्न आउने बिकसित मुलुकका डाक्टर नर्स र फिजियोहरुलाई वडा नम्वर ७ मा नै सञ्चालिन होम स्टेमा राख्ने गर्नुभएको छ । होम स्टेमा राख्दा स्थानियहरुको आर्थिक अवस्था राम्रो हुने उहाँको विश्वास रहेको छ । स्थानिय घरहरुलाई होम स्टेको रुपमा सञ्चालन गरेर सामान्य घरलाई पनि आर्थिक रुपमा केही राहत र सहयोग पुराउने काम गदै आउनु भएको छ । चितवनमा एक वर्षमा करिब चार सय जनाले होम स्टेबाट सेवा लिने गरेको उहाँ बताउनु हुन्छ ।
राजनीति, टुरीजमका अलवा उहाँ समाजसेवा र व्यापारमा परिचित नाम हो । बच्चा देखि वृद्धसम्मको सेवामा उहाँ दिनरात नभनी खटीनु हुन्छ । उहाँ चितवन मानव सेवा आश्रमको संस्थापक उपाध्यक्ष हुनुहुन्छ । जहाँ सडकमा वेवारीसे अवस्थामा रहनु भएका आमा बुबालाई आश्रय दिएर उपचार सहित राख्ने गरीएको छ । त्यसैगरी उहाँ सिर्जनसिल समाज नेपालको अध्यक्ष हुनुहुन्छ । यस संस्थाले २०७२ सालमा आएको विनासकारी भुकम्पबाट पिडीत भएका बालबालिकाहरुलाई आवासिय सुविधा सहित अध्ययनको व्यवसथा मिलाउदै आएको छ । बच्चादेखि वृद्धसम्मको सेवामा तल्लीन ढकाल आफैले अध्ययन गरेको विद्यालय श्री जनकल्याण उच्च माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, लायन्स क्लव अफ कृष्णपुरको अध्यक्ष, मिलिजिुली बहुउदेश्य सहकारी संघको कार्यसमिति सदस्य, नेपाल रेडक्रस सोसाईटीको आजीवन सदस्य, श्री कृष्ण आध्यात्मिक प्रतिष्ठानको पूर्व सचिव एवं आजिव सदस्य लगाएतका संघ संस्थामा रहेर सामाजिक क्षेत्रमा सक्रिय रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !