काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ९ हजार ७ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३ सय ५७ र ४ हजार ५ सय ६१ जनाको एन्टिजेन परीक्षण गर्दा ३९९ जना गरी थप १ हजार ७ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको ।

 

काेराेना संक्रमणबाट पछिल्लाे २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १० हजार ८सय ९ पुगेको छ । सोही अवधिमा २ हजार २ सय ७४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३३ हजार ६ जना सक्रिय संक्रमित रहेका छन् भने निको हुने दर ९४.३ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस !