चितवन। प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यहरुलाई वित्तिय साक्षरता तालिम दिएको छ ।
नेपस्कून उपाध्यक्ष शान्ति अधिकारीले तालिमको सहजीकरण गदै खर्च र आम्दानीको सन्तुलन कसरी गर्ने, वित्तिय व्यवस्थापनको सिद्दान्तहरु, आर्थिक क्षमता कसरी बलियो बनाउन सकिन्छ लगाएतका विषयमा प्रशिक्षण दिनु भएको थियो ।


कोभीडले सबैलाई असर परेको भन्दै यस विषम परिस्थितमा सहकारी साथी हुन सक्ने अध्यक्ष बिमला न्यौपाने ज्ञवालीले बताउनु भयो । उहाँँले सहकारीमा सबै शेयर सदस्यहरुको समान अस्थित्व रहेको भन्दै आफ्नो आर्थिक अवस्था बलियो बनाउने सहयात्रीको रुपमा सहकारी रहन सक्ने बताउनु भयो ।
कार्यक्रममा सचिव साधना पोख्रेलले सहकारी र सदस्यहका विषयमा जानकारी गराउनु भएको थियो । उहाँले सहकारीको सबैभन्दा ठुलो धन भनेको सदस्य भएको भन्दै सदस्यहरुको आर्थिक अवस्था बलियो भएमात्रै सहकारी बलियो हुन सक्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !