रबि रेग्मी, चितवन । चितवनको टाँडीमा रहेको एटुजेट मोबाईल पसलमा चोरी गर्ने २ जना पक्राउ परेका छ्न ।

आज जिल्ला प्रहरी कार्यलयमा पत्रकार सम्मेलन गरि उनिहरुलाई सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका हाल खैरहनी नगरपालिका वडा नं १ ज्यामिरे वस्ने वर्ष २२ को कृष्ण तामाङ र अर्को व्यक्ती नाबालक ( १८ वर्ष भन्दा कम उमेरको ) भएकाले उसको नामथर गोप्य राखिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक ओम प्रसाद अधिकारीले बताउनु भयो ।

 

उनिहरुसंग १९ थान मोबाइल, ४ थान घडी, १ थान ल्यापटप र साइकल बरामद गरिएको छ । प्रहरी उपरीक्षक अधिकारीका अनुसार चोरी भएको सबै सामान बरामद गरिएको जानकारी दिनुभयो ।

उनिहरुलाई  मुलुकी अपराध सहिता २०७४ परिच्छेद २० दफा २४२ उपदफा २ बमोजिम बमोजिम ३वर्ष कैद र तीस हजार रुपैया सम्मको जरिवाना सजाय हुने व्यवस्था रहेको प्रहरी उपरीक्षक अधिकारीले जनकारी दिनुभयो ।

एटुजेट मोबाइल पसलमा गत शनिबार बिहान १:४४ बजे चोरी भएको थियो । पसलमा बिक्री प्रयोजनका लागि राखेको ६ लाख ३३ हजार बराबरको सामान चोरी भएको थियो ।

प्रतिक्रिया दिनुहोस !