चितवन । रत्ननगरका ३ जना जनप्रतिनिधि एमाले मै रहने भन्दै  आज जिल्ला निर्बाचन कार्यालय, चितवनमा सनाखद फिर्ता लिन पुगेका छन । हिजो नेकपा (एकीकृत समाजबादी)मा रहने भन्दै उनीहरुले सनाखत गरेको बताईएको थियो ।
रत्ननगर-६ का कार्यपालिका सदस्य कृष्णहरि परियार, रत्ननगर-८ कि वडा सदस्य कुमारी बिक र रत्ननगर-३ कि वडा सदस्य बिमला परियारले आँफुहरु नेकपा (एमाले) मै रहने बताएका छन । उनिहरुले जिल्ला निर्बाचन कार्यालय पुगि आँफुहरु नेकपा (एमाले) मै रहने भन्दै हिजोको निवेदन फिर्ता गराउन आज निवेदन दर्ता गराएका छन । जनताले नेकपा (एमाले) को चुनाव चिन्ह सुर्यमा मतदान गरि बिजयी गराएकोले मतदाताको जनभावना अनुसार नै आफुहरुले दल परिबर्तन नगरेको समेत बताएका छन । साथै उनिहरुले कालिका दैनिक अनलाइन सङ कुरागर्दै नेकपा (एमाले) बाट निर्बाचित सबै जनप्रतिनिधिहरु पार्टी टुटफुट तिर नलागी एमालेमै लाग्न समेत उनिहरुले अनुरोध समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस !