रबि रेग्मी, चितवन । जिल्ला प्रहरी कार्यलय चितवनले चोरीको मोटरसाइकलसहित २  व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगर वडा नं २१ पार्वतीपुर बस्ने वर्ष ३१ को रोदित श्रेष्ठ र बारा, कलैया उपमहानगरपालिका वडा नं ६ बस्ने वर्ष २५ का कृष्ण शाह रहेको प्रहरी उपरीक्षक ओम प्रसाद अधिकारीले बताउनुभयो ।

आज प्रहरी कार्यलयमा पत्रकार सम्मेलन गरि उनिहरुलाई सार्वजनिक गरिएको हो ।

जिल्ला प्रहरी कार्यलयबाट खटिएको विशेष टोलिले भाद्र ७ गते भरतपुर महानगर वडा नं २१ स्थित बल बहादुर श्रेष्ठको घर पछाडी टहरो कोठामा लुकाइ राखेको अवस्थामा बुलेट मोटरसाइकल २ थान, पल्सर २२० सि सि को मोटरसाइकल २ थान, पल्सर एन एस १ थान तथा ना २८ प २६५४ , ना २२ प ६०६६ नम्बरका मोटरसाइकल, मोटरसाइकलको भाइजर २ थान लगायत मोटरसाइकल चोरी गर्न प्रयोग गरिने सामान बरामद गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस !