चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको पाँचकिलोमा पहिरो खसेर अबरुद्ध बनेको सडक संचालनमा आएको छ । इच्छाकामना गाँउपालिका ६ पाँचकिलोमा सडक माथिबाट विहान ७ः ५० ठूलो पहिरो खसेपछि सडक अबरुद्ध भएको थियो । पहिरो पन्छाउने काम सकिएपछि सडक सूचारु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । सडक सूचारु भएसंगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन ।

प्रतिक्रिया दिनुहोस !