गोरखा । गोरखाबाट ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार नगरपालिका–६ हरामटारीस्थित गणेश श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका–८ बस्ने ४४ वर्षीय बसन्त गुरुङसहित ८ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट नगद २ लाख २८ हजार ७ सय ३० रुपैँया र २ सय ८ पत्ती तास बरामत गरेको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले छ ।

प्रतिक्रिया दिनुहोस !