रबि रेग्मी, गोरखा । गोरखाको गण्डकी गाउँपालिकामा आठ सय घर चेपाङ परिवारलाई खाद्यान्न वितरण गरेको छ । 

पर्यटन व्यवसायी एवंम काग्रेस नेता प्रेम खत्री संस्थापक रहेको संभव नेपाल संस्था मार्फत मंगलबार पालिका भित्रका कोरोनाबाट प्रभावित चेपाङ परिवारलाई एक घर बराबर रु २,००० को खाद्यान्न सहयोग गरेको हो । 

पर्यटन व्यवसायी खत्रीले आर्थिक अवस्था कमजोर भएका चेपाङ परिवारलाई गाउँपालिकाको आग्रह र समन्वयमा खाद्यान्न वितरण गरेको बताउँनु भयो । उहाँले आगामी दिनमा पनि यस्तै खाले सहयोगलाई गण्डकी गाउँपालिका भित्र निरन्तरता दिने प्रतिबधता दिनु भयो । 

गण्डकी गाउँपालिका गोरखा कै धेरै चेपाङ परिवार बसोबास गर्ने पालिका हो । दैनिक ज्याला मजदुरी गरेर आफ्नो जीवन निर्वाह गर्ने चेपाङ समुदाय खाद्यान्न पाएपछि खुसी भएका छ्न ।
उनिहरु रमाउदै दुई चार छाकटार सहयोग हुने बताए । उनिहरुले सभव नेपाल संस्थालाई धन्यवाद व्यक्त गरे । 

गाउँपालिका अध्यक्ष होम बहादुर रानाले सहयोगका लागि संभव नेपाल र प्रेम खत्रीलाई धन्यवाद व्यक्त गरे । बोल्दै अध्यक्ष रानाले भन्ने संभव नेपाललाई अनुरोध गरेर पालिकाको समन्वयमा खाद्यान्न वितरण गरेको हो । उहाँले अझै आगामी दिनहरुमा संभव नेपालसंग समन्वय गरेर अन्य कार्यक्रमहरु पनि ल्याउने बताउनु भयो ।

खाद्यान्न वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ललिता अधिकारी, केन्द्रिय चेपाङ संघका अध्यक्ष जितेन्द्र चेपाङ,पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरी सापकोटा, वडा अध्यक्षहरुको उपस्थिती रहेको थियो । कार्यक्रम गण्डकी गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष तुलसी रेग्मीको अध्यक्षतामा भएको थियो । उक्त कार्यक्रमको सहजीकरण गण्डकी गाउँपालिका मकैसिंङका उत्तम अधिकारीले गर्नु भएको थियो ।

धेरै भिड हुने भन्दै खाद्यान्न वितरण कार्यक्रम ज्यामिरेघाट, इटारघाट, कौदी घाट, हिक्लुङ घाट, फिस्लिङ, ग्रोदी पुल र चुमखोला बजार गरि सात ठाउँमा गरिएको थियो ।

पर्यटन व्यवसायी तथा नेपाली कांग्रेसका नेता प्रेम कुमार खत्रीले कोरोना महामारीको बेला गण्डकी गाउँपालिका सहित ६ वटा पालिकालाई एम्बुलेन्स र स्वास्थ्य सामाग्री पनि उपलब्ध गराएका थिए ।

प्रतिक्रिया दिनुहोस !