काठमाडौँ ।  फ्रान्सेली लिग वान अन्तर्गत पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्ध भएका स्टार खेलाडी लियोनल मेस्सीले नयाँ क्लबबाट डेब्यु गरेका छन् ।

आज बिहान सम्पन्न राइम्स विरुद्धको खेलमा मेस्सीले दोस्रो हाफबाट डेब्यु गरेका थिए । मेस्सीले खेलको ६६औं मिनेट नेमारको स्थान लिंदै पीएसजीबाट पहिलो खेल खेलेका हुन् । मेस्सी खेल्ने पक्का हुनुअघि ६ हजार मात्र टिकट बिक्री भएकोमा मेस्सी आउने पक्का भएपछि मैदान दर्शकहरुको खचाखचले भरिएको थियो । मेस्सीले केही समय मात्र खेलेपनि दर्शकहरु भने मेस्सीलाई हेर्न मात्र भएपनि मैदानमा उपस्थित भएका थिए ।

आज सम्पन्न खेलमा पीएसजीले रायम्समाथि २-० गोलले जीत निकालेको छ । दुवै गोल भने एम्बाप्पेले गरेका थिए । पीएसजीले यो जीतसँगै चार खेलमा सबैमा जीत निकाल्दै १२ अंक जोड्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस !