काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको आसन्न महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौँको आफ्नो निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा थापाले १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

आफ्नो दावेदारीको आधार आफ्ना आग्रज नेता तथा कार्यकर्ता भएको भन्दै आफुले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेको थापाले बताए । आफ्नो क्षेत्रबाट प्रारम्भ गरेको काममा सफलता प्राप्त गरेको भन्दै थापाले आफ्नै ठाँउबाट उम्मेदवारी घोषणा गरेको बताए ।

प्रतिक्रिया दिनुहोस !